विश्व बैंकले नेपाल फिस्कल ड्यासबोर्ड सार्वजनिक गरेको छ।
बिहीबार विश्व बैंकका प्रतिनिधिले नेपालको सार्वजनिक वित्त व्यवस्थापनसम्बन्धी जानकारी दिने उद्देश्यले उक्त ड्यासबोर्ड सार्वजनिक गरेको हो।
उक्त ड्यासबोर्डमा संघ, प्रदेश र स्थानीय तहसँग सम्बन्धित वित्तीय जानकारी उपलब्ध गराइएको छ।
ड्यासबोर्डमा प्रमुख वित्तीय तथ्यांकलाई एकीकृत र सहज रूपमा प्राप्त गर्न सकिने विश्व बैंकले जनाएको छ।
विश्व बैंकका अनुसार ड्यासबोर्डमा संघ, प्रदेश र स्थानीय तहको आम्दानी, खर्च र वित्तीय व्यवस्थापनसँग सम्बन्धित तथ्यांक उपलब्ध हुनेछ।








