दैलेखमा ८० अर्ब ७० करोड घनमिटर प्राकृतिक ग्यास भएको पुष्टि


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
दैलेखमा ८० अर्ब ७० करोड घनमिटर प्राकृतिक ग्यास भएको पुष्टि

सुर्खेत — दैलेखको भैरवी गाउँपालिका–१ जलजलेमा ८० अर्ब ७० करोड घनमिटर प्राकृतिक ग्यास रहेको पुष्टि भएको छ । चीनको चाइना जिओलोजिकल सर्भर्ले खानी तथा भूगर्भ विभागलाई पठाएको प्रतिवेदनअनुसार उक्त परिणाममा प्राकृतिक ग्यास देखिएको हो । यसको व्यावसायिक उत्पादनका लागि भने ‘वेल टेस्टिङ’ गर्नुपर्ने विभागले जनाएको छ । 

यसअघि ११२ अर्ब घनमिटरसम्म ग्यासको भण्डारण हुन सक्ने प्रारम्भिक प्रतिवेदन सार्वजनिक भएको थियो । विभागका प्रवक्ता धर्मराज खड्काले भने, ‘धैरै मात्रामा मिथेन ग्यास छ, ग्यास कस्तो अवस्थामा छ र कुन प्रविधिले निकाल्न मिल्छ भन्ने निर्क्योल गर्न वेल टेस्ट नै गर्नुपर्छ ।’ 

Read More
  • MBL - below news
  • EBL Ad news