रिज लाइन इनर्जी लिमिटेडको आईपीओमा पहिलो दिन नै ६ गुणा भन्दा बढीको आवेदन परेको छ ।
सीडीएस एन्ड क्लियरिङ लिमिटेडका अनुसार कम्पनीले ११ लाख ८० हजार २ सय ६० कित्ताको लागि आवेदन माग गरेकोमा ६ लाख ६९ हजार ४ सय ७० आवेदकबाट ७५ लाख २८ हजार ५ सय ३० कित्ता शेयरको लागि आवेदन परेको हो । यो भनेको माग भन्दा ६.३७ गुणा बढी हो । कम्पनीको शेयर निष्काशक तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ । कम्पनीको शेयरमा फागुन ४ गतेसम्म आवेदन दिन सकिनेछ ।








