नेप्से पुनर्संरचना प्रतिवेदन: रणनीतिक साझेदारलाई २५ प्रतिशत सेयर, चुक्ता पूँजी ३ अर्ब पुर्‍याइने


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
नेप्से पुनर्संरचना प्रतिवेदन: रणनीतिक साझेदारलाई २५ प्रतिशत सेयर, चुक्ता पूँजी ३ अर्ब पुर्‍याइने

नेपाल स्टक एक्सचेन्ज (नेप्से) को पुनर्संरचनासम्बन्धी अध्ययन प्रतिवेदनले रणनीतिक साझेदारलाई २५ प्रतिशत सेयर दिने र चुक्ता पूँजी ३ अर्ब रुपैयाँ पुर्‍याउने स्पष्ट प्रस्ताव अघि सारेको छ ।

धितोपत्र बजार सञ्चालन नियमावलीमै दोस्रो बजार सञ्चालकको न्यूनतम चुक्ता पूँजी ३ अर्ब हुनुपर्ने व्यवस्था रहेकाले प्रतिवेदनका सुझावले नेप्सेको संरचनात्मक कमजोरीलाई प्रत्यक्ष सम्बोधन गरेको देखिन्छ ।

चार्टर्ड एकाउन्टेन्ट प्रकाशजंग थापाको नेतृत्वमा गठित अध्ययन समितिले तयार पारेको प्रतिवेदन बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले स्वीकार गरेको हो ।

Read More
  • MBL - below news
  • EBL Ad news