कर्णालीमा अब १३२ केभी प्रसारण लाइनबाट बिजुली


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
कर्णालीमा अब १३२ केभी प्रसारण लाइनबाट बिजुली

काठमाडौँ, माघ १६ गते । कर्णाली प्रदेशको विद्युत् आपूर्तिलाई भरपर्दो र दिगो बनाउने अपेक्षा गरिएको कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन तयार भएको छ । करिब चार दशकपहिले बनेको ३३ केभी प्रसारण लाइनका भरमा बिजुली पाइरहेको कर्णाली प्रदेशले शुक्रबारदेखि पहिलो पटक १३२ केभी प्रसारण लाइनबाट विद्युत् प्राप्त गर्ने भएको हो । प्रसारण लाइन निर्माणको सबै काम सकिएकाले शुक्रबार प्रसारण लाइनमा विद्युत् प्रवाह गरेर अन्तिम परीक्षणको कार्य गर्न लागिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । 

दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी २०७६ सालमा ठेक्का सम्पन्न भएको सो आयोजना रुख कटान अनुमतिमा भएको ढिलाइ, निकुञ्ज क्षेत्रभित्र गर्नुपर्ने काम, स्थानीयको अवरोध तथा अदालती प्रक्रियाका कारण लामो समय अवरुद्ध हुन पुगेको थियो । नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानीमा निर्माण भएको कोहलपुर–सुर्खेत–दैलेख १३२ केभी प्रसारण लाइन आयोजना अन्तर्गत कोहलपुर–सुर्खेत खण्ड निर्माण सम्पन्न भएको हो । 

Read More
  • MBL - below news
  • EBL Ad news