चुनावको मुखमा खानेतेल र चामलमा चर्को मूल्यवृद्धि


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
चुनावको मुखमा खानेतेल र चामलमा चर्को मूल्यवृद्धि

काठमाडौँ । चुनावको मुखैमा खानेतेल र चामलको मूल्य व्यापक बढेको छ । अन्तरराष्ट्रिय कारण देखाउँदै व्यापारीले यी दुई खाद्यवस्तुको मूल्य बढाएका हुन् । खुद्रा बजारमा चामल प्रतिबोरा १५० रुपैयाँसम्म र खानेतेल प्रतिकार्टुन ३०० रुपैयाँसम्म महँगिएको व्यापारीले बताए । 

मंगलवार कालीमाटीस्थित खाद्यान्न बजारका एक व्यापारीले थोक विक्रेताले नै चामलको मूल्य बढाएर पठाएकाले खुद्रामा पनि बढाएर बेच्नु परेको आर्थिक अभियानलाई बताए ।

उनका अनुसार यतिबेला स्टीम जिरा मसिनो चामलको मूल्य २५ किलोको बोराको २ हजार ५०० रुपैयाँ छ । ती व्यापारीले थोक विक्रेताले प्रतिबोरा चामलमा कम्तीमा १०० रुपैयाँसम्म मूल्य बढाएर पठाएकाले आफूले बढाएर बेच्नुपरेको बताए । बजारमा सूर्यमुखी तेल लिटरको २९० रुपैयाँ र भटमास तेल २७० रुपैयाँसम्म पर्ने गरेको पाइएको छ ।

Read More
  • MBL - below news
  • EBL Ad news