६ महिनामा जीवन बीमा कम्पनीको बीमा शुल्क संकलन पौने २ खर्ब भन्दा बढी, सबैभन्दा धेरै नेपाल लाइफको ४७ अर्ब ७९ करोड


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
६ महिनामा जीवन बीमा कम्पनीको बीमा शुल्क संकलन पौने २ खर्ब भन्दा बढी, सबैभन्दा धेरै नेपाल लाइफको ४७ अर्ब ७९ करोड

पुस मसान्तसम्मको तथ्यांकअनुसार नेपाली जीवन बीमा बजारले चालु आवको पुसमा अघिल्लो वर्षको तुलनामा उल्लेखनीय प्रगति हासिल गरेको छ।

बीमा प्राधिकरणको विवरणअनुसार १४ जीवन बीमा कम्पनीहरूले २०८१ पुसमसान्तसम्ममा ९४ अर्ब ३६ करोड रुपैयाँ संकलन गरेका थिए भने २०८२ काे पुससम्ममा सो रकम बढेर १ सय ७७ अर्ब ९० करोड ६३ लाख रुपैयाँ पुगेको छ। यसरी बीमा शुल्क संकलनमा करिब दोब्बर वृद्धि भएको छ, जुन जीवन बीमा व्यवसाय विस्तारको स्पष्ट संकेत हो। 

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले २०८१ को पुसमा २५ अर्ब ५१ करोड रुपैयाँ संकलन गरेकोमा २०८२ को पुस मसान्तसम्म आइपुग्दा ४७ अर्ब ७९ करोड रुपैयाँ पुर्याउँदै बजारमा अग्रता कायम राखेको छ। नेशनल लाइफले पनि ११ अर्ब ३७ करोड रुपैयाँबाट बढेर २२ अर्ब २२ करोड रुपैयाँ संकलन गरेको छ। लाइफ इन्स्योरेन्स कम्पनी (नेपाल) काे १० अर्ब २२ करोड रुपैयाँबाट बढेर १९ अर्ब ९२ अर्ब संकलन गर्दै ९४.८७ प्रतिशतको वृद्धि देखिएको छ ।

Read More
  • MBL - below news
  • EBL Ad news