लमजुङमा यस वर्ष अलैँचीका दाना बिक्री गरी रु २४ करोड ३० लाख बराबरको आम्दानी भित्रिएको छ। राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ लमजुङका कृषि अधिकृत हरिबहादुर मिजारले चालु आर्थिक वर्षमा जिल्लामा उत्पादित १३५ मेट्रिकटन अलैँची बिक्रीबाट रु २४ करोड ३० बराबरको आम्दानी भएको बताए।
यस वर्ष अलैँची प्रतिकिलो रु एक हजार ८०० देखि रु दुई हजार ५०० सम्ममा बिक्री भएको उनले जानकारी दिए। गत वर्षको तुलनामा यस वर्ष उत्पादन घटे पनि मूल्य वृद्धि हुँदा बढी आम्दानी भएको उनको भनाइ छ।








