काठमाडौँ । अर्थ मन्त्रालयले आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचन व्यवस्थापन र सुरक्षाका लागि अहिलेसम्म १९ अर्ब २१ करोड रुपैयाँ निकासा गरेको छ ।अर्थ मन्त्रालयका अनुसार फागुन २१ मा हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचन परिचालनका लागि उक्त रकम निकासा गरिएको हो । निर्वाचन आयोग, रक्षा मन्त्रालय, गृह मन्त्रालय तथा अन्तर्गतका सुरक्षा निकायका लागि अहिलेसम्म १९ अर्ब २१ करोड रुपैयाँ बजेट निकासा गरिएको मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेयले जानकारी दिए ।








