जनताको २१ अर्ब ठग्ने जीबी राई : पुरानो सरकारले भगायो, जेनजी सरकारले मुद्दै फिर्ता


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
जनताको २१ अर्ब ठग्ने जीबी राई : पुरानो सरकारले भगायो, जेनजी सरकारले मुद्दै फिर्ता

१३ माघ, काठमाडौं । नेपाल प्रहरीले इन्टरपोलको सहायतामा विश्वका धेरैजसो देशबाट अपराधी समातेर नेपाल ल्याउन सक्छ । तर, एक दर्जन हाराहारी सहकारी संस्थामार्फत जनताको २१ अर्ब रुपैयाँभन्दा बढी रकम ठगी गर्ने गितेन्द्रबाबु (जीबी) राईलाई भने दुई वर्षसम्म पनि ल्याउन सकेको छैन ।

सकोस् पनि कसरी ? उनको रोक्का भएको पासपोर्टलाई स्वयं सहकारी विभागले पत्र लेखी खोल्न लगाएर अध्यागमन विभागले नेपालबाट भगाएको थियो ।

Read More
  • MBL - below news
  • EBL Ad news