काठमाडौं । नेपाल तीव्र रूपमा ‘ऋण आश्रित अर्थतन्त्र’ तर्फ धकेलिँदै गएको स्पष्ट संकेत चालू आर्थिक वर्ष २०८२–८३ को पुस मसान्तसम्मको तथ्यांकले दिएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार ५ महिनामै १ खर्ब ३२ अर्ब रुपैयाँभन्दा बढी नयाँ ऋण थपिँदा कुल सार्वजनिक ऋण दायित्व २८ खर्ब ६ अर्ब ३९ करोड रुपैयाँ पुगेको छ ।
यो रकम देशको कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को ४५ दशमलव ९५ प्रतिशत बराबर हो । अर्थशास्त्रीहरूका अनुसार जीडीपीको आधा नजिक पुग्दै गरेको ऋण अनुपात आफैंमा खतराको घण्टी हो । अर्थशास्त्रीहरू भन्छन्, ‘ऋण बढिरहेको छ, तर त्यसको प्रतिफल अर्थतन्त्रमा देखिने खालको छैन ।’








