नेपाली बजारमा इन्टरनेट कम्पनीहरुको बाढी नै छ । करिव दुई दर्जन बढी कम्पनीहरु प्रतिष्पर्धामा छन् । उनीहरुले सेवा प्रवाहलाई गुणस्तरीय बनाउन भन्दा पनि ग्राहक संख्या बढाउन होडबाजी गरिरहेका छन् ।
वल्र्डलिंक, डिसहोम, नेपाट टेलिकमसहित करिव दुई दर्जन कम्पनीको अहिले बजारमा हालिमुहाली छ । बजारमा प्रतिष्पर्धा गर्नेमध्ये सबैभन्दा बढी बजार हिस्सा वल्र्ड लिंकको रहेको नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकले देखाएको छ ।
प्राधिकरणकाअनुसार मंसिरसम्ममा बजार हिस्साको हिसावले वल्र्डलिंकका सबैभन्दा ग्राहक छन् । वल्र्डलिंकका ग्राहक १० लाख ५५ हजार पुगेका छन् भने इन्टरनेट कम्पनीहरुमा सबैभन्दा बढी बजार हिस्सा कायम गर्न सफल वल्र्डलिंक पछिको डिस होम हो । डिसहोमका ग्राहक ३ लाख ८२ हजार पुगेका छन् ।
बजार हिस्साको हिसावले तेस्रो नम्बरमा सरकारी लगानी रहेको नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) रहेको छ । टेलिकमका ग्राहक ३ लाख ७४ हजार पुगेका छन् । बजार हिस्साको रुपमा चौथो नम्बरमा भायनेट रहेको छ । बजार विस्तारमा आक्रामक देखिएको भायनेटका ग्राहक ३ लाख ४० हजार पुगेका छन् भने पाँचौ नम्बरमा क्लासिक टेक रहेको छ । क्लासिक टेकले मंसिर मसान्तसम्ममा २ लाख ६८ हजार ग्राहक संख्या पुर्याएको छ ।








