नेपाल बैंक र Khalti को सहकार्यमा डिजिटल बैंकिङ प्रवर्द्धन अभियान सुरु


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
नेपाल बैंक र Khalti को सहकार्यमा डिजिटल बैंकिङ प्रवर्द्धन अभियान सुरु

काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले Khalti by IME सँगको सहकार्यमा डिजिटल बैंकिङ कारोबार प्रवर्द्धन गर्ने उद्देश्यले नयाँ अभियान सुरु गरेको छ। बैंकले २०८२ सालको माघ र फागुन महिनाभर लागू हुने गरी कर्मचारी तथा बैंकका खाताधारी ग्राहकलाई लक्षित गर्दै “Link, Load & Withdraw – Win Rewards via Khalti” अभियान सञ्चालनमा ल्याएको हो।

अभियान अवधिभर नेपाल बैंकको खाता Khalti वालेटमा लिंक गरी कारोबार गर्ने ग्राहक तथा कर्मचारीमध्ये प्रत्येक हप्ता दुई जनालाई चलचित्र टिकट वा Khalti Pro Subscription प्रदान गरिने बैंकले जनाएको छ। साथै, अभियानभरको कुल कारोबारका आधारमा दुई जनालाई जनही नगद १५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ। पुरस्कारको घोषणा अभियान सम्पन्न भएपछि गरिने जनाइएको छ।

अभियानमा सहभागी हुनका लागि Khalti वालेटमा दर्ता भई KYC अद्यावधिक गरिएको हुनुपर्ने, नेपाल बैंक लिमिटेडको खाता Khalti वालेटमा लिंक गरिएको हुनुपर्ने तथा सोही खातामार्फत कारोबार गरिएको हुनुपर्ने सर्त तोकिएको छ। यस सम्बन्धी थप जानकारीका लागि नजिकको शाखा कार्यालय वा बैंकको कल सेन्टर ०१–५९७१२२२ मा सम्पर्क गर्न बैंकले आग्रह गरेको छ।

बैंकले यो अभियानले ग्राहकलाई डिजिटल बैंकिङतर्फ आकर्षित गर्न तथा नगदरहित कारोबारलाई प्रोत्साहन गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेको छ।

हाल नेपाल बैंक लिमिटेडले देशभर २३१ शाखा, २३७ एटिएम र ६१ वटा एक्स्टेन्सन काउन्टरमार्फत करिब २७ लाख ग्राहकलाई सेवा दिइरहेको छ। ग्राहक सेवामा सुधार गर्दै आधुनिक बैंकिङ प्रविधिको प्रयोगमार्फत प्रतिस्पर्धी बैंकका रूपमा अघि बढिरहेको बैंकले जनाएको छ।

  • MBL - below news
  • EBL Ad news