नेपाल बैंक र ब्ल्याक हर्स इण्डष्ट्रिजबीच सम्झौता 


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
नेपाल बैंक र ब्ल्याक हर्स इण्डष्ट्रिजबीच सम्झौता 

नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडका खातावाला ग्राहक तथा बैंकका कर्मचारीले काठमाडौंको नागार्जुनस्थित जुत्ता उत्पादन उद्योग श्री ब्ल्याक हर्स इण्डष्ट्रिज प्रा.लि.द्वारा उत्पादित ‘ब्ल्याक हर्स’ ब्रान्डका विभिन्न जुत्ता खरिद गर्दा बिल रकममा १० देखि २० प्रतिशतसम्म छुट पाउने व्यवस्था गरिएको छ।

यससम्बन्धी सम्झौतामा २०८२ साल पुस ३० गते नेपाल बैंक लिमिटेडको तर्फबाट बजारीकरण तथा अनुसन्धान डिभिजनका प्रमुख निर्मल सुवेदी र श्री ब्ल्याक हर्स इण्डष्ट्रिज प्रा.लि.को तर्फबाट प्रबन्ध निर्देशक चिन बहादुर श्रेष्ठले हस्ताक्षर गर्नुभएको हो। सम्झौताअनुसार नेपाल बैंकका खातावाला ग्राहक र कर्मचारीले देशभर रहेका विक्रेतामार्फत ब्ल्याक हर्स ब्रान्डका जुत्ता सुपथ मूल्यमा खरिद गर्न सक्नेछन्।

  • MBL - below news
  • EBL Ad news