काठमाडौं । सोलु हाइड्रोपावर लिमिटेडले पुस २९ गतेदेखि सर्वसाधारणका लागि निष्कासन गरेको आईपीओ छिटो अवधि माघ ४ गतेसम्म मात्र निष्कासन रहने भएको छ । मागभन्दा बढी आवेदन परिसकेकाले कम्पनीको आईपीओ छिटो अवधिसम्म मात्र निष्कासनमा रहने भएको हो ।
कम्पनीले आफ्नो जारी पूँजी १० अर्ब रुपैयाँको २० प्रतिशत अर्थात् २ अर्ब रुपैयाँ बराबरको २ करोड कित्ता आईपीओ सर्वसाधारणमा निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो । यस अघि आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीमा आईपीओ निष्कासन तथा बाँडफाँट गरिसकेको कम्पनीले दोस्रो चरणमा थप सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको हो ।








