काठमाडौं : टेक दिग्गज एप्पल र गुगलले महत्वपूर्ण सम्झौता गरेका छन्।
यस सम्झौता अन्तर्गत एप्पलको सिरी सहायकसहितको अर्को पुस्ताको कृत्रिम बुद्धिमत्ता सुविधा गुगलको जेमिनी मोडेल र क्लाउड प्रविधिद्वारा संचालित हुनेछन्।
सम्झौताबारे एप्पल र गुगलले संयुक्त विज्ञप्ति जारी गरेका छन्। यसमा भनिएको छ, "एप्पलले गुगलको एआई प्रविधिले एप्पल फाउन्डेसन मोडेलका लागि उत्तम क्षमता प्रदान गर्दछ भन्ने निर्धारण गरेको छ।"








