मादुरो अमेरिकी नियन्त्रणमा परेपछि भेनेजुएलाको शेयर बजारले रेकर्ड तोड्यो


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
मादुरो अमेरिकी नियन्त्रणमा परेपछि भेनेजुएलाको शेयर बजारले रेकर्ड तोड्यो

विश्व राजनीतिमा निकै विरलै देखिने दृश्य भेनेजुएलाको शेयर बजारमा देखिएको छ। ३ जनवरी २०२६ मा भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो अमेरिकी नियन्त्रणमा परेपछि त्यहाँको स्थानीय शेयर बजार 'काराकास स्टक एक्सचेन्ज' (Bolsa de Valores de Caracas) मा लगानीकर्ताको उत्साहले नयाँ रेकर्ड कायम गरेको छ।

मादुरो पक्राउ परेपछि खुलेको पहिलो कारोबार दिन अर्थात् सोमबार (जनवरी ५) बजारमा यस्तो उछाल आयो कि जसले पछिल्ला धेरै वर्षका रेकर्डहरू तोडिदियो। उक्त दिन त्यहाँको मुख्य शेयर सूचक 'आईबीसी इन्डेक्स'एकै दिन ३६७ अंक  अर्थात् १६.४५ प्रतिशतले बढेर दुई हजार ५९८ अंकमा बन्द भयो। अघिल्लो कारोबार दिन बजार दुई हजार २३१ अंकमा सीमित थियो। यो वृद्धि यस वर्षकै सबैभन्दा ठूलो एक दिने वृद्धि हो। लगानीकर्ताहरूमा राजनीतिक परिवर्तनसँगै अमेरिकी प्रतिबन्धहरू फुकुवा हुने र अर्थतन्त्र पुनः लयमा फर्किने ठूलो आशा पलाएको यसले पुष्टि गर्छ।

Read More
  • MBL - below news
  • EBL Ad news