कुल कर्जाको औषतमा ५.३६ प्रतिशतमात्रै विपन्न कर्जा


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
कुल कर्जाको औषतमा ५.३६ प्रतिशतमात्रै विपन्न कर्जा

काठमाडौं– पछिल्ला वर्षमा बैंकिङ क्षेत्रबाट विपन्न वर्गमा प्रवाह हुने कर्जा लगातार घट्दै गएको छ ।

राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्ममा बैंक तथा वित्त कम्पनीहरूले कुल कर्जाको औसतमा ५.३६ प्रतिशतमात्रै विपन्न वर्ग क्षेत्रमा विस्तार गरेका छन् ।

चालु आवमा कुल ५६ खर्ब ३३ अर्ब ४६ करोड रुपैयाँ कर्जा प्रवाह भएकोमा विपन्न वर्ग क्षेत्रमा दुई खर्ब ७४ अर्ब ६४ करोड प्रवाह भएको छ । यो कर्जा गत आवको सोही अवधिको तुलनामा ०.८१ प्रतिशत अर्थात् २३ अर्ब ३५ करोड रुपैयाँले कम हो  । गत वर्ष कुल ५२ खर्ब ८० अर्ब २८ करोड रुपैयाँ कर्जा प्रवाह हुँदा विपन्न वर्गमा ६.१७ प्रतिशत अर्थात् दुई खर्ब ९७ अर्ब ९९ करोड प्रवाह भएको थियो ।

Read More
  • MBL - below news
  • EBL Ad news
  • Laxmi Sunrise Bank Ad