पुसको अन्तिम साता आउन लाग्दा राजश्व संकलन जम्मा ३० प्रतिशत, वैदेशिक अनुदान लक्ष्यको दश गुणा कम


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
पुसको अन्तिम साता आउन लाग्दा राजश्व संकलन जम्मा ३० प्रतिशत, वैदेशिक अनुदान लक्ष्यको दश गुणा कम

चालु आर्थिक वर्ष २०८२/८३ को पुस महिनाको अन्तिम सातासम्म आइपुग्दा सरकारको राजश्व संकलन सन्तोषजनक देखिएको छैन ।

महालेखा नियन्त्रक कार्यालयले सार्वजनिक गरेको दैनिक आम्दानी तथा खर्च विवरणअनुसार कुल राजश्व संकलन वार्षिक लक्ष्यको करिब ३० प्रतिशतमा सीमित छ भने वैदेशिक अनुदान लक्ष्यको दश प्रतिशत हाराहारीमा मात्र प्राप्त भएको छ ।

सरकारले चालु आर्थिक वर्षका लागि कूल १४ खर्ब ८० अर्ब रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य लिएको छ ।

पुस १९ गतेसम्म जम्मा ४ खर्ब ४६ अर्ब २९ करोड रुपैयाँ राजश्व संकलन भएको छ, जुन लक्ष्यको ३०.१५ प्रतिशत हो ।

Read More
  • MBL - below news
  • EBL Ad news
  • Laxmi Sunrise Bank Ad