नेपाल बैंक र मेडिकेयर हस्पिटलबीच सम्झौता


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
नेपाल बैंक र मेडिकेयर हस्पिटलबीच सम्झौता

नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड र काठमाडौंको चाबहिलमा रहेको मेडिकेयर हस्पिटल लिमिटेडबीच उपचार सेवामा विशेष छुट उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ।

सम्झौताअनुसार नेपाल बैंकमा कार्यरत कर्मचारी तथा उनीहरूका परिवार, बैंकमा पेन्सन खाता रहेका ग्राहक, बैंकका क्रेडिट कार्ड होल्डर तथा नेपाल बैंकका अवकाशप्राप्त कर्मचारीहरूले मेडिकेयर हस्पिटलमा उपचार गराउँदा बिल रकममा १० प्रतिशत छुट प्राप्त गर्ने व्यवस्था गरिएको छ।

सम्झौता पत्रमा नेपाल बैंक लिमिटेडका तर्फबाट बजारीकरण तथा अनुसन्धान डिभिजनका प्रमुख निर्मल सुवेदी र मेडिकेयर हस्पिटल लिमिटेडका तर्फबाट व्यवस्थापन प्रबन्धक रोशन ओझाले हस्ताक्षर गरेका छन्।

यस सम्झौताबाट नेपाल बैंकका कर्मचारी, अवकाशप्राप्त कर्मचारी तथा बैंकसँग आबद्ध ग्राहकहरू मेडिकेयर हस्पिटलले प्रदान गर्ने सहुलियतपूर्ण स्वास्थ्य सेवाबाट लाभान्वित हुने अपेक्षा गरिएको छ।

  • MBL - below news
  • EBL Ad news
  • Laxmi Sunrise Bank Ad