नेपाल धितोपत्र बोर्डको पत्र संख्याः म.वै.सु.शा.२०८२/८३, चलानी नं. ११९२ मिति २०८२/०८/१६ गतेको पत्रानुसार सम्मानित उच्च अदालत पाटनको उत्प्रेषण परमादेशको आदेश (मुद्धा नं.०८१–ध्इ–२२२१) बमोजिम यस अघि नेपाल धितोपत्र बोर्डबाट मिति २०८१/०३/१२ मा रिलायन्स स्पिनिङ्ग मिल्स लि. को विवरणपत्र स्वीकृत भई मिति २०८१/०३/१९ मा निष्काशन तथा बिक्री प्रबन्धक र निष्काशनकर्ता कम्पनीको आधिकारिक वेभसाइटमा प्रकाशित विवरणपत्र/आह्वानपत्र पुनः मिति २०८२/०८/२० गते प्रकाशित गरिएको र सो साथ कम्पनीको पछिल्लो प्राविधिक, वित्तीय, व्यवस्थापन लगायत अन्य कामकारवाहीको सम्बन्धमा लगानीकर्तालाई सु–सूचित तथा जानकारी गराई लगानी सम्बन्धी निर्णय लिन सहज होस भन्ने हेतुले अद्यावधिक गरिएको विवरण समेत विवरणपत्रको पछाडिपट्टी छुट्टै खण्डमा तथा आह्वानपत्रमा प्रकाशित गरी सर्वसाधारणको लागि निष्कासन तथा बिक्री खुल्ला गरी आज मिति २०८२ साल पौष १८ गते शुक्रबारको दिन बाँडफाँट कार्य सम्पन्न गरिएको छ ।
ग्लोबल आइएमई क्यापिटल लि.को निष्काशन तथा बिक्री प्रबन्धकत्वमा रिलायन्स स्पिनिङ्ग मिल्स लि.को जारी पूँजी रु.१,९०,००,००,०००।– (अक्षरेपी एक अर्ब नब्बे करोड मात्र) को १०.१४ प्रतिशतले हुन आउने रु.१९,२६,६०,०००।– (अक्षरेपी उन्नाइस करोड छब्बीस लाख साठी हजार मात्र) बराबरको प्रति कित्ता अंकित मूल्य रु.१००।– दरको १९,२६,६०० कित्ता शेयर बुक विल्डिङ्ग विधि मार्फत निष्काशन गरिएको र सो मध्ये ४० प्रतिशत अर्थात ७,७०,६४० कित्ता शेयर बुक विल्डिङ्ग निर्देशिका, २०७७ को दफा १३ बमोजिम बुक विल्डिङ्ग विधि मार्फत प्रथम चरणमा नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त तथा नेपाल स्टक एक्सचेञ्ज लि.मा दर्ता भएका योग्य संस्थागत लगानीकर्ता कम्पनीहरुलाई बोलकबोल प्रणाली मार्फत निष्काशन तथा बिक्री खुल्ला गरी बाँडफाँट गरिएकोमा प्रति शेयर रु.९१२।०० को दरमा उक्त ७,७०,६४० कित्ता शेयर सम्पूर्ण बिक्री भई कट अफ मूल्य रु.९१२।०० निर्धारण भएकोले सोही निर्देशिकाको दफा (१४) मा सर्वसाधारणलाई धितोपत्र जारी गर्दा कट अफ मुल्यमा १० प्रतिशत छुट दिई निष्काशन गर्नुपर्ने व्यवस्था बमोजिम कायम हुन आउने प्रति शेयर मूल्य रु.८२०।८० को दरमा सार्वजनिक निष्काशन गरिएको ११,५५,९६० कित्ता साधारण शेयर (१० प्रतिशत अर्थात १,१५,५९६ कित्ता शेयर बैदेशिक रोजगारीमा रहिरहेका नेपाली नागरिक, ५ प्रतिशत अर्थात ५७,७९८ कित्ता शेयर सामुहिक लगानी कोष र ५ प्रतिशत अर्थात ५७,७९८ कित्ता शेयर कम्पनीका कर्मचारीलाई सुरक्षित गरी बिक्री गरिएको समेत) मध्ये ९,२४,७६८ कित्ता शेयरको लागि बुक विल्डिङ निर्देशिका, २०७७ को दफा (१६) को उपदफा (१) मा रहेको व्यवस्था अनुसार धितोपत्र खरिदका लागि आवेदन दिनुपर्ने न्यूनतम्मा ५० कित्ता र अधिकतममा २०,००० कित्तासम्म आवेदन दिन पाउने गरी प्रति शेयर मूल्य रु.८२०।८० को दरमा सर्वसाधारणको लागि यहि मिति २०८२÷०९÷०७ गतेदेखि मिति २०८२÷०९÷११ गतेसम्म चार (४) कार्यदिनको समयावधि दिई सिडिएस एण्ड क्लियरिङ्ग लि.को सि–आस्वा प्रणाली मार्फत निष्काशन तथा बिक्री खुल्ला गरिएको थियो ।
सर्वसाधारणमा निष्काशन गरिएको ९,२४,७६८ कित्ता शेयरको लागि जम्मा ५,३२,८८८ वटा आवेदनहरुबाट २,७३,१५,१०० कित्ता शेयरको लागि रु.२२,४२,०२,३४,०८०।– (अक्षरेपी रु.बाईस अर्ब बयालीस करोड दुई लाख चौंतीस हजार असी मात्र) बराबरको आवेदन प्राप्त भई आवश्यक भन्दा झण्डै ३० गुणा बढी आवेदन प्राप्त भएको छ । प्राप्त भएका आवेदनहरुको आवश्यक छानबीन, प्रशोधन तथा रुजु गर्दा धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका, २०७४ को निर्देशन नं. २६ (ख) बमोजिम एक व्यक्तिले आफूले लिन चाहेको धितोपत्रको लागि एक भन्दा बढी दरखास्त दिएमा निजले दिएको सम्पूर्ण दरखास्त रद्द हुने व्यवस्था रहेकोमा त्यसरी आवेदन दिने १३८ जना आवेदकको २८० वटा आवेदनहरुमार्फत माग भै आएको १७,४४० कित्ता शेयर, सोही निर्देशिकाको निर्देशन नं. ४(ख) को (९) बमोजिम बैदेशिक रोजगारीमा रहिरहेका नेपाली नागरिकको लागि निष्काशित शेयरमा आवेदन दिएमा सर्वसाधारणलाई निष्कासन गरेको शेयरमा आवेदन गर्न नपाउने व्यवस्था रहेकोमा त्यसरी आवेदन दिने १३,५५९ जना आवेदकको ६,९३,८१० कित्ता शेयर, सोही निर्देशिकाको निर्देशन नं.२२ (क) मा कर्मचारीको रुपमा शेयर प्राप्त गरेमा सर्वसाधारणलाई छुट्याएको शेयरमा आवेदन दिन नपाउने व्यवस्था रहेकोमा त्यसरी आवेदन गर्ने कम्पनीका २ जना कर्मचारीले आवेदन गरेको १०० कित्ता शेयर र आवेदकको बैंक खाता रोक्का रहेको अवस्थामा आवेदन गरेको पाइएको भनी सम्बन्धित आस्वा सदस्य बैंकले आवेदन रद्द गर्न पत्र लेखिपठाएकोले १ जना आवेदकले आवेदन गरेको ५० कित्ता शेयर समेत गरी जम्मा १३,८४२ जना आवेदकले आवेदन गरेको ७,११,४०० कित्ता शेयर बाँडफाँटमा समावेश नगरी रद्द गरिएको र ५,१९,०४६ जना आवेदनहरुबाट २,०६,०३,७०० कित्ता शेयरको लागि प्राप्त भएको ५,१९,०४६ वटा आवेदनहरु रीतपूर्वक प्राप्त भएको देखिएकोले बाँडफाँटमा समावेश गरिएको छ । बुक विल्डिङ निर्देशिका, २०७७ को दफा (१६) को उपदफा (२) मा धितोपत्र बाँडफाँट गर्दा प्रति आवेदक न्यूनतम ५० कित्ताको दरले बाँडफाँट गर्नुपर्ने व्यवस्था रहेको र सो बमोजिम न्यूनतम ५० कित्ताको दरले गोलाप्रथा विधिद्वारा ९,२४,७६८ कित्ता शेयर १८,४९५ जना आवेदकलाई मात्र बाँडफाँट गर्न मिल्ने भएकोले निष्कासनकर्ता कम्पनी, लगानीकर्ता तथा अन्य निकायको उपस्थितिमा ९,२४,७६८ कित्ता शेयर १८,४९५ जना आवेदकलाई ५० कित्ताको दरले र बाँकि रहेको १८ कित्ता शेयर बाँडफाँटमा परेका आवेदक मध्येबाट १८ जनालाई थप १–१ कित्ताको दरले गोलाप्रथा विधिद्वारा बाँडफाँट गरिएको छ ।
छोटो समयावधि भित्रै आवश्यकभन्दा बढी संख्यामा शेयरको माग गरी उल्लेख्य सहभागिता जनाउनुहुने सर्वसाधारण नेपाली नागरिक, विभिन्न क्षेत्रबाट सहयोग तथा सद्भाव प्रदान गरी शेयर निष्कासन कार्यलाई सफल बनाउनुहुन सम्पूर्ण शुभेच्छुक, ब्क्द्यब् सदस्य बैंक तथा वित्तीय संस्थाहरु, नियामक निकायहरु, सञ्चारकर्मी मित्रहरु एवं सरोकारवाला सबै पक्षलाई निष्काशन तथा बिक्री प्रबन्धक र निष्काशनकर्ता कम्पनीको तर्फबाट हार्दिक अभार व्यक्त गर्दै आगामी दिनमा पनि यहाँहरुको यस्तै सहयोग र सद्भाव रहिरहने अपेक्षा सहित सबैमा हार्दिक धन्यवाद ज्ञापन गर्दछौं । उक्त बाँडफाँटको नतिजा निष्कासन तथा बिक्री प्रबन्धकको वेभसाइटः www.globalimecapital.com.np, निष्काशनकर्ता कम्पनीको वेभसाइटःwww.reliancespinningnepal.com र सिडिएस एण्ड क्लियरिङ्ग लि. को वेभसाइटः www.iporesult.cdsc.com.np को वेभसाइटबाट हेर्न सकिने व्यहोरा समेत जानकारी गराइन्छ ।








