काठमाडौं । नासा सेक्युरिटिज कम्पनी (ब्रोकर नम्बर ५८) का मुख्य प्रवर्धक तथा सागर डिस्टिलरीका मुख्य सञ्चालक सन्दीप जलान नक्कली सेयर कारोबारी भएको पुष्टि भएको छ । नक्कली सेयर कारोबार अभियोगमा जलानलाई सर्वोच्च अदालतले ५० हजार रुपैयाँ जरिमाना हुने फैसला गरेको छ ।
सर्वोच्च अदालतद्वारा ५० हजार जरिमाना
नेसनल हाइड्रोपावर कम्पनीको १५ हजार कित्ता सेयर नक्कली रूपमा कारोबार गरेको अभियोगमा सर्वोच्च अदालतका न्यायाधीशद्वय टेकप्रसाद ढुंगाना र कुमार चुँडालको संयुक्त इजलासले जलानलाई ५० हजार रुपैयाँ जरिमाना तिराउने फैसला गरेको हो । २६ असार २०८१ मा सर्वो च्च अदालतका न्यायाधीशद्वयले उच्च अदालतले नक्कली सेयर कारोबारी अभियोगबाट उन्मुक्ति दिने गरी गरेको फैसलालाई उल्टाउँदै नेपाल धितोपत्र बोर्डको निर्णय सदर गरिदिएको छ ।








