महालक्ष्मी विकास बैंकद्धारा अंग्रेजी नयाँ वर्षको अवसरमा परिमार्जित सुनचाँदी धितो कर्जा


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
महालक्ष्मी विकास बैंकद्धारा अंग्रेजी नयाँ वर्षको अवसरमा परिमार्जित सुनचाँदी धितो कर्जा

काठमाडौं - अंग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा महालक्ष्मी विकास बैंकले ग्राहकहरूको लागि विशेष सुविधा सहित परिमार्जित सुनचाँदी धितो कर्जा उपलब्ध गराउने भएको छ।

बैंकले नयाँ वर्ष २०२६ लाई लक्षित गर्दै यो योजना ल्याएको हो। नेपाली बजारमा सुन र चाँदीको आकर्षण बढ्दै गएको अवस्थामा, सुनचाँदी केवल गरजका लागि नभई लगानीको माध्यमको रूपमा समेत प्रयोग हुने भएकाले बैंकले ग्राहकहरूको आवश्यकता र बजार प्रवृत्तिलाई ध्यानमा राखेर कर्जा सुविधा उपलब्ध गराउने जनाएको छ।

यस सुविधाअन्तर्गत ग्राहकहरूले प्रतिस्पर्धी ब्याजदरमा कर्जा लिन सक्नेछन्। कर्जा लिनको लागि ग्राहकहरूले कुनै पनि आधिकारिक विक्रेताबाट सुन वा चाँदी खरिद गर्न सक्नेछन्। योजना अनुसार कर्जाको अधिकतम सीमा रु. ५० लाख तोकिएको छ।

बैंकले यो सेवा अहिले काठमाडौँ (न्यूरोड), पोखरा (न्यूरोड), महाराजगंज, हेटौंडा, र भैरहवा शाखाहरू मार्फत उपलब्ध गराउने भएको छ। यद्यपि, सुनचाँदी कर्जा आवेदन कुनै पनि शाखाबाट पेश गर्न सकिने व्यवस्था गरिएको छ।

बैंकले ग्राहकहरूको वित्तीय व्यवस्थापनलाई अझ सहज, छरितो र सुरक्षित बनाउने उद्देश्यसहित, भविष्यमा पनि विभिन्न अवसर र चाडपर्वमा नयाँ सेवाहरू प्रदान गर्दै जाने प्रतिवद्धता व्यक्त गरेको छ।

महालक्ष्मी विकास बैंकले विगत ३१ वर्षदेखि “सबल बैंक, सफल सहकार्य” को नारासँगै देशभर ८ लाखभन्दा बढी ग्राहकहरूलाई गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको छ।

  • MBL - below news