नेपाल बैंक र नेशनल प्याथ ल्याबबीच स्वास्थ्य सेवासम्बन्धी सम्झौता


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
नेपाल बैंक र नेशनल प्याथ ल्याबबीच स्वास्थ्य सेवासम्बन्धी सम्झौता

काठमाडाैँ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड र नेशनल प्याथ ल्याब रिसर्च सेन्टर प्रा. लि. बीच सहकार्यसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ। सम्झौता अनुसार नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरू तथा बैंकमा खाता रहेका ग्राहकहरूले नेशनल प्याथ ल्याब रिसर्च सेन्टर प्रा. लि. का विभिन्न शाखामा उपलब्ध प्याथोलोजी तथा स्वास्थ्य सेवामा विशेष छुट पाउनेछन्।

सम्झौताबमोजिम बैंकका कर्मचारी तथा खातावाल ग्राहकहरूले प्याथोलोजी ल्याबका विविध सेवामा (सर्तहरू लागू हुने गरी क्याम्प कलेक्शनका लागि निःशुल्क होम डेलिभरी सुविधा सहित) तथा विभिन्न हेल्थ प्याकेजमा लाग्ने शुल्कमा बिल रकमको १० प्रतिशतदेखि ५० प्रतिशतभन्दा बढी छुट प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ।

सम्झौतापत्रमा मिति २०८२ साल पौष १४ गते नेपाल बैंक लिमिटेडको तर्फबाट बजारीकरण तथा अनुसन्धान डिभिजनका प्रमुख श्री निर्मल सुवेदी र नेशनल प्याथ ल्याब रिसर्च सेन्टर प्रा. लि. को तर्फबाट प्रबन्ध निर्देशक श्री पवन जोशीले हस्ताक्षर गर्नुभएको हो।

यस सहकार्यबाट नेपाल बैंकका कर्मचारी तथा खातावाल ग्राहकहरूले नेशनल प्याथ ल्याब रिसर्च सेन्टर प्रा. लि. का नक्साल, महाराजगञ्ज, ललितपुर, रुपन्देही (भैरहवा), पोखरा, चितवन, तुल्सीपुर, घोराही, धनगढी, गुल्मी, अर्घाखाँची तथा महेन्द्रनगरमा अवस्थित शाखामार्फत उपलब्ध उच्चस्तरीय स्वास्थ्य तथा प्याथोलोजी सेवाबाट लाभ लिन सक्नेछन्।

  • MBL - below news
  • EBL Ad news
  • Laxmi Sunrise Bank Ad