काठमाडौँ । चितवनमा कृषि–औद्योगिक पार्क निर्माण गर्न भारतले नेपाललाई आर्थिक सहयोग गर्ने भएको नेपाल सरकारका एकजना उच्च अधिकारीले बताएका छन् ।
पुस १३ र १४ गते काठमाडौँमा सम्पन्न ‘संयुक्त कृषि कार्यसमूह’को नवौं बैठकमा यस्तो सहमति भएको हो । दुई देशबीच कृषिक्षेत्रमा द्विपक्षीय सहयोग अभिवृद्धि गर्ने उद्देश्यले उक्त कार्यसमूह गठन भएको हो ।
पार्क निर्माणका लागि भारत सरकारले आर्थिक सहयोग गर्ने र त्यसका लागि आवश्यक पर्ने जग्गा नेपालले उपलब्ध गराउने सहमति भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव डा. हरिबहादुर केसीले बताए ।









