बजारमा कर्जाको माग नभएर बैंकिङ प्रणालीमा थुप्रिएको पैसा पटक-पटक गरेर तानिरहेको राष्ट्र बैंकले एक वर्षकै लागि पैसा तान्यो।
तर, यसरी एक वर्षको लागि पैसा राख्नुपर्दा पनि बैंकहरूले न्यून ब्याजदरमै पैसा राख्न तयार भए।
राष्ट्र बैंकले सोमबार एकैपटक एक वर्षको लागि २५ अर्ब रूपैयाँ तान्दा ब्याजदर २.६४ प्रतिशत कायम भएको छ।
अहिले राष्ट्र बैंकले चार देखि एक सय ७५ दिनसम्मको लागि रकम तान्ने निक्षेप संकलन उपकरणमा पनि बैंकहरूले औसत २.४७ देखि २.७४ प्रतिशतसम्म ब्याज पाइरहेका थिए।









