वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ललितपुरका विभिन्न १७ वटा फर्ममा अनुगमन गरेको छ। निरीक्षणका क्रममा कैफियत भेटिएका दुई वटा फर्मलाई नगद जरिवाना गरिएको छ।
विभागका अनुसार शक्ति मार्बल्स ललितपुर एकान्तकुनालाई २० हजार रुपैयाँ जरिवाना गरेको छ। यस्तै, आर के ब्रदर्श ललितपुर हात्तीवनलाई १५ हजार रुपैयाँ जरिवाना गरेको छ। उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १५, दफा ३८ ‘घ’ बमोजिमको कसुरमा सोही ऐको दफा ३९ १ ‘क’ अनुसार ती फर्मलाई कारबाही गरिएको हो।









