पर्यावरणीय कृषि प्रवर्द्धनका लागि राष्ट्रिय मार्गचित्र सार्वजनिक


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
पर्यावरणीय कृषि प्रवर्द्धनका लागि राष्ट्रिय मार्गचित्र सार्वजनिक

काठमाडौँ । जलवायु परिवर्तन, जैविक विविधताको ह्रास, रसायन तथा विषादीको अत्यधिक प्रयोग, युवा पलायन र कृषि भूमिको क्षयजस्ता बहुआयामिक चुनौती सामना गरिरहेको नेपाली कृषि क्षेत्रलाई दीर्घकालीन र दिगो दिशातर्फ लैजान सरकारले “नेपालको राष्ट्रिय पर्यावरणीय कृषि मार्गचित्र” सार्वजनिक गरेको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सार्वजनिक गरेको यो मार्गचित्रले नेपालको भौगोलिक, सामाजिक र आर्थिक परिवेश सुहाउँदो विज्ञानसम्मत समाधानको खाका प्रस्तुत गरेको बताइएको छ ।

मन्त्रालयका अनुसार कृषि नेपालीहरूको जीवनशैली, संस्कृति र खाद्य–पोषण सुरक्षाको प्रमुख आधार भए पनि पछिल्लो समय जलवायु परिवर्तन, नसर्ने दीर्घ रोगको बढ्दो प्रकोप, शहरीकरण, जमिनको खण्डीकरण, खेतीयोग्य जमिनको गैर–कृषि उपयोग र मिचाहा प्रजातिको फैलावटले कृषि तथा प्राकृतिक स्रोतमा तीव्र क्षय गरिरहेको छ । यस्ता चुनौती सम्बोधन गर्न पर्यावरणीय कृषिलाई दीर्घकालीन समाधानका रूपमा अघि सार्दै राष्ट्रिय मार्गचित्र तयार गरिएको हो ।

Read More
  • MBL - below news
  • EBL Ad news
  • Laxmi Sunrise Bank Ad