काठमाडौँ । ६ महिनादेखि बन्द रहेको रसुवागढी नाका आंशिक रूपमा सञ्चालनमा आएको छ । गत असार २४ गते चीनतर्फबाट लेन्दे खोलामा आएको भीषण बाढीले मितेरी पुल बगाएपछि नेपाल-चीनबिचको यो प्रमुख नाका पूर्णरूपमा ठप्प बनेको थियो । चीन सरकारले बाढीले क्षति पुर्याएको पुल भएको स्थानमा बेलिब्रिज जडान गरेसँगै आइतबारदेखि आवतजावत सुचारू भएको हो ।
नाका आंशिक रूपमा खुले पनि मालसामान बोक्ने सवारी साधनहरूको आवतजावत १ जनवरी (पुस १७ गते)देखि मात्रै गर्ने तयारी छ । रसुवागढी भन्सार कार्यालयका प्रमुख तुलसीप्रसाद भट्टराईका अनुसार हाललाई व्यवसायीहरूलाई मात्र आवतजावतको अनुमति दिइएको छ ।









