खेतबारीमा पसिना बगाउँदा–बगाउँदै बितेको यो वर्ष किसानका लागि सहज थिएन। असामान्य मौसम, उत्पादनमा आएको कमी र बढ्दो लागतका बिच पनि म्याग्दीका किसान भूपेन्द्र शर्मा करिब साढे चार लाख रुपैयाँबराबरको सुन्तला बेच्न सफल भएका छन्।
घामपानीको परवाह नगरी उनको मेहनत अन्ततः बजार पुगेको छ। उत्पादनमा केही कमी आए पनि बजारसम्म पुर्याउन सफल हुनु किसानका लागि ठुलो उपलब्धि भएको उनी बताउँछन्। यसपालिको उत्पादनमा उनको जिन्दगीका यथार्थ, संघर्ष र आत्मसन्तोष मिसिएको छ।








