अनौपचारिक क्षेत्रका ४४ लाख श्रमिकमध्ये १४५९ मात्रै सामाजिक सुरक्षा कोषमा


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
अनौपचारिक क्षेत्रका ४४ लाख श्रमिकमध्ये १४५९ मात्रै सामाजिक सुरक्षा कोषमा

काठमाडौँ — श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीका चालक हुन्, इन्द्रमान गुरुङ । उनी एक दशकदेखि भण्डारीका सवारी चालक हुन् । अनौपचारिक र स्वरोजगार श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षामा आबद्ध गराउने अभियानलाई उद्घाटन गर्न बुधबार गुरुङले श्रममन्त्री भण्डारीलाई कार्यक्रमस्थल लैजाँदै थिए ।

बाटोमा उनले श्रममन्त्रीसमक्ष सोधे, ‘हामी जस्ता सरकारी सेवामा करारमा रहेकालाई पनि सामाजिक सुरक्षामा जोडिदिनुपर्‍यो ।’

‘म बाटोमा आउँदै थिएँ । मेरै चालकले हामीलाई पनि सामाजिक सुरक्षा कार्यक्रममा जोडिदिनुपर्‍यो भनिरहेका छन्,’ श्रममन्त्री भण्डारीले थपे, ‘उनीहरूलाई जोड्न कहाँ फाइल अड्किएको छ ?’ सरकारी सेवासहित अनौपचारिक र स्वरोजगार श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रममा जोड्ने फाइल अर्थ मन्त्रालयमा अड्किएको छ ।

Read More
  • MBL - below news
  • EBL Ad news
  • Laxmi Sunrise Bank Ad