क्रिप्टो करेन्सीको कारोबारमा संलग्न रहेको अभियोगमा दुई जनाविरुद्ध मुद्दा दर्ता


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
क्रिप्टो करेन्सीको कारोबारमा संलग्न रहेको अभियोगमा दुई जनाविरुद्ध मुद्दा दर्ता

काठमाडौँ । अभौतिक मुद्रा (क्रिप्टो करेन्सी) को कारोबारमा संलग्न रहेको अभियोगमा दुई जनाविरुद्ध मुद्दा दर्ता भएको छ  ।

प्रहरीको प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले काठमाडौँ महानगरपालिका–१४ का ३६ वर्षीय विशाल डङ्गोल तथा मोरङको मिक्लाजुङ गाउँपालिका–१ घर भई हाल काठमाडौँ महानगरपालिका–१४ कलङ्की बस्ने ४५ वर्षीय उमेश श्रेष्ठविरुद्ध जिल्ला अदालत काठमाडौँमा मुद्दा दर्ता गरेको हो ।

दुवै जनाविरुद्ध मुलुकी अपराध संहिता २०७४ को दफा २६२ क को उपदफा (१) र (२) बमोजिम मुद्दा दर्ता गरेको छ ।  उनीहरु विरुद्ध क्रिप्टो करेन्सीको कारोबारबाट आर्जन भएको सम्पत्ति जफतका साथै पाँच वर्षसम्म कैदको माग गरिएको छ ।

Read More
  • MBL - below news
  • EBL Ad news
  • Laxmi Sunrise Bank Ad