होटल पार्क ल्याण्डले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
होटल पार्क ल्याण्डले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

होटल पार्क ल्याण्ड लिमिटेडले प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) गर्ने भएको छ । आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक नियुक्तिका लागि होटल पार्क ल्याण्ड लिमिटेड र सिटिजन्स क्यापिटल लिमिटेडबीच सम्झौता सम्पन्न भएको छ ।

डिल्लीबजार, काठमाडौंमा आयोजित एक समारोहबीच भएको सम्झौतामा होटल पार्क ल्याण्ड लिमिटेडका तर्फबाट अध्यक्ष शरद कुमार पाण्डे र सिटिजन्स क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका हुन् । सम्झौताअनुसार नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त भएपछि सिटिजन्स क्यापिटलले होटल पार्क ल्याण्डको साधारण शेयर निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी सम्हाल्नेछ ।

Read More
  • MBL - below news
  • EBL Ad news
  • Laxmi Sunrise Bank Ad