विद्युत प्राधिकरणको २० प्रतिशत सेयर सर्वसाधारणलाई निष्कासनको प्रक्रिया अगाडि बढाएको छु : कुलमान घिसिङ


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
विद्युत प्राधिकरणको २० प्रतिशत सेयर सर्वसाधारणलाई निष्कासनको प्रक्रिया अगाडि बढाएको छु : कुलमान घिसिङ

काठमाडौं : उर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङले १०० दिने कार्यकालको प्रगति विवरण सार्वजनिक गरेका छन्।  आज आयोजित कार्यक्रममा मन्त्री घिसिङले वर्षौँदेखि अलपत्र अवस्थामा रहेका करिब १७ अर्ब रुपैयाँ बराबरका ६६ वटा रुग्ण ठेक्का रद्ध गरेको जानकारी दिएका हुन्। 

‘काम नगर्ने निर्माण व्यवसायीलाई ठेक्का तोडेर मात्र नछोडिने र नयाँ प्रक्रियामार्फत आयोजनालाई गति दिन आफू लागू परेको बताए। राष्ट्रिय गौरवको सुनकोसी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको बाँध, पावरहाउस लगायत सिभिल निर्माण कार्यको ठेक्कामा निर्माण व्यवसायीद्वारा प्रगति बढाउन कुनै पनि तदारुकताका नदेखाएको अवस्था रहेकोले ठेक्का सम्झौताको प्रावधान अनुसार ठेक्का सम्झौता अन्त्य गरिएको छ।’ उनले भने, ‘नयाँ ठेक्का लगाउन प्रक्रिया अगाडि बढाइएको छ।’

Read More
  • MBL - below news
  • EBL Ad news
  • Laxmi Sunrise Bank Ad