सेयर बजारमा थप लगानीका लागि ग्लोबल आइएमई बैंकको सेयर धितो कर्जा


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
सेयर बजारमा थप लगानीका लागि ग्लोबल आइएमई बैंकको सेयर धितो कर्जा

ग्लोबल आइएमई बैंक लिमिटेडले फास्ट लोन अगेन्स्ट शेयर प्लेटफर्म सार्वजनिक गरेको छ । यसअन्तर्गत इच्छुक सेयर लगानीकर्ताहरुले अनलाइनबाट सेयर धितो कर्जाको लागि आवेदन दिन सक्नेछन् । 

बैंकले सार्वजनिक गरेको यस डिजिटल प्लेटफर्ममार्फत ग्राहकहरूले आफूसँग भएको सेयरहरू धितो राखी सरल प्रकृयाबाट सेयर धितो कर्जा प्राप्त गर्न सक्नेछन् । 

ग्राहकहरूले अनलाइनबाट यो प्लेटफर्म प्रयोग गरी कर्जाको आवेदन दिन र आवश्यक कागजातहरू बुझाउन सक्नेछन् । ग्राहकहरुले कर्जा स्विकृती अवधिसम्ममा १ पटक मात्र बैंकको शाखा कार्यालय उपस्थित भई आवश्यक कागजपत्रमा हस्ताक्षर गर्नुपर्ने छ । 

यस प्रकृयामा अनलाइन आवेदन पूरा गरेपछि आवेदकले निवेदनको अवस्थाको बारेमा आफैँले जानकारी लिन समेत सक्नेछन् । 

यो सेयर धितो कर्जाको सीमा हालका लागि न्यूनतम रु. ५ लाख देखि अधिकतम रु. ५० लाखसम्म तोकिएको छ । 

यो कर्जाको निमित्त धितोको रुपमा स्वीकार गरिने सेयरहरू निवेदक स्वयम्को हुनु पर्नेछ, निवेदक बाहेक अन्य व्यक्तिको सेयरहरू धितोको रुपमा स्वीकार गरिने छैन । 

ग्राहकहरुले यस सुविधा बैंकको ३१ वटा शाखा कार्यालयबाट सहज रुपमा पाउनेछन् । तसर्थ, कर्जा लिन इच्छुक ग्राहकहरुले अनलाइन आवेदन दिदा आफुलाई पायक पर्ने शाखा कार्यालय छनौट गर्न सक्नेछन् ।  

यो सुविधा बैंकको डिजिटल युनिभर्समा पनि उपलब्ध छ । 

  • MBL - below news
  • EBL Ad news
  • Laxmi Sunrise Bank Ad