जलाशययुक्त आयोजनामा लचिलो खरिदबिक्री दर प्रस्ताव


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
जलाशययुक्त आयोजनामा लचिलो खरिदबिक्री दर प्रस्ताव

काठमाडौँ, पुस ८ गते । विद्युत् नियमन आयोगले जलाशययुक्त जलविद्युत् आयोजनालाई लक्षित गर्दै आयोजना अनुसार फरक फरक दरमा विद्युत् खरिदबिक्री दर (पिपिए) निर्धारण गर्ने प्रस्ताव गरेको छ । लचिलो खरिदबिक्री सम्झौताको व्यवस्था गर्दा जलाशययुक्त आयोजनामा निजी क्षेत्र आकर्षित गर्ने लक्ष्यसहित आयोगले जलाशययुक्त उत्पादन केन्द्रको विद्युत् खरिदबिक्रीसम्बन्धी निर्देशिकाको मसौदा, २०८२ सार्वजनिक गरिएको हो ।

मसौदा अनुसार जलाशययुक्त आयोजनाको पिपिए दर निर्धारण गर्न ह्रासकट्टी, ऋणको ब्याज, सञ्चालन तथा मर्मतसम्भार खर्च, स्वपुँजीबापतको प्रतिफल, रोयल्टी जस्ता पक्षलाई आधार बनाइने भएको छ । यसै गरी विद्युत् विक्रेताले पेस गर्ने ऊर्जा तालिकालाई पनि पिपिएको आधार मानिएको छ । ऊर्जा तालिकामा जलविद्युत् केन्द्रको जडित क्षमतादेखि मासिक उत्पादन क्षमता, प्रसारण लाइन नोक्सानी, पिक ननपिक ऊर्जा उपलब्धता जस्ता विषयलाई समावेश गरिएको छ ।

Read More
  • MBL - below news
  • EBL Ad news
  • Laxmi Sunrise Bank Ad