लघुवित्त र मिटरब्याज पीडितले काठमाडौंमा आन्दोलन गरेका छन् । सोमबार पीडितले राजधानी मार्चको नाम दिँदै त्रिपुरेश्वरबाट माइतीघर मण्डलातर्फ अगाडि बढेका छन् ।
लघुवित्त र मिटरब्याजी पीडितहरुले आर्थिक चलखेल अन्त्य गर, बैंक ग्यारेन्टिको व्यवस्था खारेज गरको नारा लगाएका हुन्। लघुवित्त र मिटरब्याजी पीडितहरुले ऋण मिनाहा गर्नुपर्ने, किसानलाई बिना धितो ऋण प्रदान गर्नुपर्ने माग राखेका छन्।









