पुँजीगत लाभकर संकलन झन्डै दोब्बर


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
पुँजीगत लाभकर संकलन झन्डै दोब्बर

पुँजीगत लाभकर संकलन झण्डै दोब्बर संकलन भएको छ । अघिल्लो आवको तुलनामा आर्थिक वर्ष २०८१/०८२ मा पुँजीगत लाभकर संकलन झन्डै दोब्बरले वृद्धि भएको हो । आर्थिक वर्ष २०८०/०८१ मा २२ अर्ब संकलन भएकोमा चालु वर्षमा ४० अर्ब ११ करोड संकलन भएको छ । 

यो वृद्धि गत वर्षको तुलनामा उल्लेख्य भएकाले अर्थतन्त्र क्रमशः सुधारतर्फ उन्मुख हुँदै गएको संकेतका रूपमा लिइएको छ ।

आय आर्जनका सबै स्रोतलाई आयकरको दायरामा ल्याउँदै करको आधार विस्तार गर्ने उद्देश्यले वि.सं. २०५८ देखि पुँजीगत लाभमा कर लगाउन थालिएको हो । यो कर व्यक्तिगत तथा संस्थागत दुवै तहमा लागू हुँदै आएको छ । पछिल्ला पाँच आर्थिक वर्षको तथ्यांक हेर्दा पुँजीगत लाभकर संकलनमा उतार–चढाव देखिएको छ । आ.व. २०७७/०७८ मा यस शीर्षकमा २९ अर्ब ३१ करोड संकलन भएको थियो। आ.व. २०७८/०७९ मा यो केही बढेर ३० अर्ब पुगेको देखिन्छ । तर आ.व. २०७९/०८० मा भने झन्डै आधाले घटेर १६ अर्ब ५७ करोडमा सीमित भएको थियो ।

Read More
  • MBL - below news
  • EBL Ad news
  • Laxmi Sunrise Bank Ad