सुपर खुदी हाइड्रोपावरले प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्न नेपाल धितोपत्र बोर्डको अनुमति पाएको छ । कम्पनीले आइतबार सय रुपैयाँ अंकित मूल्यको ३१ लाख कित्ता आईपीओ निष्कासन गर्न अनुमति पाएको हो ।
कम्पनीको आईपीओ निष्कासक तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।









