अमेरिकी गृहमन्त्री कृष्टी नोयमले डिभी लोटरी कार्यक्रम अस्थायी रूपमा रोक लगाइने घोषणा गरेकी छन्।
ब्राउन विश्वविद्यालयमा भएको गोलीकाण्डपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा गृहमन्त्री नोएमले डिभी लोटरी कार्यक्रममा अस्थायी रोक लगाउने निर्णय भएको बताएकी हुन्।
गोलीकाण्डमा संलग्न भएका व्यक्ति डिभी लोटरी कार्यक्रमबाटै ८ वर्षअघि अमेरिका प्रवेश गरेको खुलेपछि ट्रम्पले त्यस्तो निर्देशन दिएको भनेर न्यूयोर्कबाट प्रकाशन हुने सिबिएस न्युजले जनाएको छ।
गृहमन्त्री नोएमले त्यसको जानकारी आफ्नो एक्स अकाउन्टमा पोस्ट लेखेर पनि दिएकी छन्।









