आउँदो वर्ष श्रीलङ्कामा एफडीआई २ अर्ब अमेरिकी डलर पुग्ने


  • KBL News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
आउँदो वर्ष श्रीलङ्कामा एफडीआई २ अर्ब अमेरिकी डलर पुग्ने

कोलम्बो । सन् २०२६ मा श्रीलङ्काको प्रत्यक्ष विदेशी लगानी (एफडीआई) प्रवाह एक अर्व ५० करोड देखि २ अर्ब अमेरिकी डलरको बीचमा हुने अपेक्षा गरेको लगानी बोर्डका अध्यक्ष अर्जुन हेराथले बताएका छन् । अध्यक्ष हेराथले सन् २०२५ मा एफडीआई एक अर्ब डलर नाघेको पुष्टि गरेका छन् ।

आर्थिक र नीतिगत अनिश्चितताले ग्रस्त अवधि पछि श्रीलङ्काको औद्योगिक आधारलाई बलियो बनाउन, रोजगारी सिर्जना गर्न र लगानीकर्ताहरूको विश्वास पुनर्निर्माण गर्न सरकारले उत्पादन लगानीलाई महत्वपूर्ण ठानेको हेराथले बताएका छन् ।

Read More
  • MBL - below news
  • EBL Ad news
  • Laxmi Sunrise Bank Ad