सालपा विकास बैंकको आईपीओ बाँडफाँट


  • KBL News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
सालपा विकास बैंकको आईपीओ बाँडफाँट

सालपा विकास बैंक लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँट गरेको छ।

बैंकले गत मंसिर २९ गतेदेखि पुस २ गतेसम्म नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीहरुका लागि प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ लाख ७२ हजार ३८८ कित्ता शेयर निष्काशन गरेको थियो। सोही शेयर आज बैंकको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको कार्यालयमा बाँडफाँट गरिएको हो।

सो निष्काशनमा कुल ६७ हजार ६५५ जनाले ११ लाख ११ हजार ५२० कित्ता शेयरका लागि आवेदन दिएका थिए। जसमध्ये ६७ हजार ६३७ आवेदन स्वीकृत भएको छ भने बाँकी आवेदन रद्द भएको छ।

Read More
  • MBL - below news
  • EBL Ad news
  • Laxmi Sunrise Bank Ad