जुरिच । युरोपेली युनियन (ईयू) का नेताहरूले युक्रेनलाई ९० अर्ब युरो ऋण उपलब्ध गराउने सम्झौता गरेका छन् । रुसको रोक्का गरिएको सम्पत्ति प्रयोग गर्ने विषयमा सहमति नजुटेपछि ईयूले आफ्नै बजेटबाट ऋण दिने निर्णय गरेको हो।
ब्रसेल्समा भएको शिखर सम्मेलनमा एक दिनभन्दा लामो छलफलपछि यो सहमति भएको हो। नेताहरूले यो रकमले आगामी दुई वर्षका लागि युक्रेनको सैन्य र आर्थिक आवश्यकता पूरा गर्ने बताएका छन् । ईयू प्रमुख एन्टोनियो कोस्टाले सामाजिक सञ्जाल एक्समा लेख्दै आफूहरूले गरेको प्रतिबद्धता पूरा गरेको उल्लेख गरे। यो ऋण ईयूको साझा बजेटको ग्यारेन्टीमा उपलब्ध गराइनेछ।





_EKFcOISfLB.png)



