बैंकिङ कसुरमा ३६ लाख जरिवाना ठहर भएका प्रतिवादी पक्राउ


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
बैंकिङ कसुरमा ३६ लाख जरिवाना ठहर भएका प्रतिवादी पक्राउ

काठमाडौं । बैकिङ कसुर मुद्दामा ३६ लाख जरिवाना ठहर भएका प्रतिवादीलाई प्रहरीले काठमाडौंको स्वयम्भुबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–२१ सेतोवहाल घर भएर अहिले भोटेबहाल बस्ने ४१ वर्षीय मनोहरलाल श्रेष्ठ छन् ।

काठमाडौं जिल्ला अदालतले २०८१ असारमा उनीविरुद्ध ५ दिन कैद र ३६ लाख जरिवाना हुने फैसला गरेको थियो । उनलाई स्वयम्भुबाट पक्राउ गरेर अदालतमा उपस्थित गराइएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजीकुमार आचार्यले रातोपाटीलाई बताए । अदालतको आदेशले उनलाई कारागार चलान गरिएको छ ।

श्रेष्ठ विरुद्ध प्रहरी वृत्त दरबारमार्गबाट चलेको बैंकिङ कसुर बाहेक अरु पाँचवटा मुद्दा चलेको प्रहरीको अपराध रेकर्ड सिस्टममा देखिएको छ ।

Read More
  • MBL - below news
  • EBL Ad news
  • Laxmi Sunrise Bank Ad