१ पुस, काठमाडौं । वैदेशिक रोजगारीमा रहेकालाई यसअघि खुलेको रिलायन्स स्पिनिङ मिल्सको आईपीओ बाँडफाँट भएको छ । वैदेशिक रोजगारमा रहेकालाई कम्पनीले कुल १ लाख १५ हजार ५९६ कित्ता सेयरका लागि आवेदन खुलाएको थियो ।
कुल ३५ हजार १०२ जनाले आईपीओमा आवेदन दिएका थिए । जसमध्ये २ हजार ३११ जनाले सेयर पाएका छन् । सेयर पाएका यीमध्ये ४६ जनाले ५१ कित्ताका दरले पाएका छन् भने बाँकीले ५० कित्ताका दरले पाएका छन् ।









