असोज १८ यताको वर्षा र बाढीको क्षतिमा ४ अर्बको बिमा दाबी, झन्डै २ करोड मात्र भुक्तानी


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
असोज १८ यताको वर्षा र बाढीको क्षतिमा ४ अर्बको बिमा दाबी, झन्डै २ करोड मात्र भुक्तानी

काठमाडौँ — गत असोज १८ गतेयता अविरल वर्षा तथा बाढीपहिरोका कारण भएको भौतिक तथा अन्य क्षतिको हालसम्म १ करोड ८७ लाख ९५ हजार रुपैयाँ बिमा भुक्तानी भएको छ । कम्पनीहरूले यही मंसिर १७ गतेसम्म ६७ वटा दाबीमा उल्लिखित रकम बराबर बिमा भुक्तानी गरेको बिमा प्राधिकरणले जनाएको छ ।

वर्षा र बाढीले पुर्‍याएको क्षतिमा ७ सय ८१ वटा दाबीमा ४ अर्ब ३ करोड ९८ लाख रुपैयाँ बराबरको बिमा दाबी परेको छ । त्यसमध्ये ६७ वटा दाबीको करिब पौने २ करोड रुपैयाँ मात्र बिमा भुक्तानी भएको हो ।

परेका दाबीमध्ये सम्पत्ति बिमातर्फ ४ सय १० वटा दाबीको दाबी रकम करिब ३ अर्ब ४५ करोड ३४ लाखमध्ये कुल २० वटा बिमा दाबीको करिब ८२ लाख ७४ हजार, इन्जिनियरिङ तथा ठेक्का जोखिम बिमातर्फ १०६ वटा बिमा दाबीको करिब ५० करोड ३७ लाखमध्ये कुल ६ वटा दाबीको करिब २ लाख, कृषि तथा बाली बिमातर्फ २१० वटा बिमा दाबीको करिब ४ करोड १४ लाखमध्ये कुल ३१ दाबीको करिब १३ लाख र मोटर बिमा (निजी) तर्फ ४० वटा बिमा दाबीको करिब ३ करोडमध्ये कुल ९ वटा दाबीको करिब ८७ लाख बिमा दाबी रकम बिमितलाई भुक्तानी भएको बिमा प्राधिकरणले जनाएको छ ।

Read More
  • MBL - below news
  • EBL Ad news
  • Laxmi Sunrise Bank Ad