काठमाडौँ । सरकारले लामो समयदेखि काम ओगटेर बसेका तर प्रगतिविहीन रुग्ण ठेक्कामाथि निर्मम कारबाही सुरु गरेपछि निर्माण व्यवसायीहरूमा त्रास फैलिएको छ ।
भौतिक पूर्वाधार मन्त्रालयसहित तीन विकासे मन्त्रालयको नेतृत्व सम्हालेका मन्त्री कुलमान घिसिङले सम्झौता अनुसार काम नभएका पुरानो ठेक्का तोड्ने अभियानलाई तीव्रता दिएपछि अहिले निर्माण व्यवसायीहरूको दौडधुप चलिरहेको छ ।









