काठमाडौँ — गत २३ भदौको आन्दोलन र २४ भदौको प्रदर्शनमा भौतिक संरचनामा भएको क्षतिको झन्डै साढे ४ अर्ब रुपैयाँ बराबरको भुक्तानी भएको छ ।
साढे २३ अर्ब रुपैयाँ बराबरको बिमा दाबी परेकामा गत सातासम्म साढे ४ अर्ब रुपैयाँ बराबर भुक्तानी भएकाे हाे ।
यही १७ मंसिरसम्मको तथ्यांकअनुसार बिमा कम्पनीहरूमा २३ अर्ब ४४ करोड ६ लाख रुपैयाँको दाबी परेको छ । त्यसमध्ये गत सातासम्म ४ अर्ब ३८ करोड ४७ लाख रुपैयाँ मात्र भुक्तानी भएको बिमा प्राधिकरणको तथ्यांक छ ।








