साञ्जेन र रसुवागढीको सेयर कारोबार सुरु


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
साञ्जेन र रसुवागढीको सेयर कारोबार सुरु

काठमाण्डौ । राष्ट्रिय महत्वका साञ्जेन र रसुवागढी हाइड्रोपावर कम्पनीको सेयरको दोस्रो बजारमा मंगलबारदेखि कारोबार सुरु भएको छ ।

दुवै कम्पनीलाई नेप्सेले सोमबार कारोबार रेन्ज र संकेतसमेत तोकेको थियो । नेप्सेसँग दुवै कम्पनीले सोमबारै सेयर सूचिकरणसम्बन्धी सम्झौता समेत गरेका थिए। नेप्सेका अनुसार साञ्जेनले कारोबारका लागि SJCL संकेत पाएको छ भने यसको प्रिओपनिङ कारोबारका लागि रु. ९६.३२ देखि २८८.९६ प्राइस रेन्ज हुनेछ ।

त्यस्तै रसुवागढीले कारोबारका लागि RHPL संकेत पाएको छ भने यसको प्रिओपनिङ प्राइस रेन्ज रु. ९७.२९ देखि २९१.८७ तोकिएको छ । कारोबार सुरु भएको २० मिनेटमै रसुवागढीको १४ लाख ७ हजार ५७२ रुपैयाँबराबरको ४ हजार ९८० कित्ता सेयर कारोबार भएको छ ।

Read More
  • MBL - below news