दश वर्षमा ६६ केभी माथि ३८५० सर्किट किलोमिटर प्रसारण लाइन थपियो, सबैभन्दा बढी कुन वर्ष र कति ?


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
दश वर्षमा ६६ केभी माथि ३८५० सर्किट किलोमिटर प्रसारण लाइन थपियो, सबैभन्दा बढी कुन वर्ष र कति ?

पछिल्लो दश वर्षको अवधिमा नेपालमा ३ हजार ८५० किलोमिटर सर्किट प्रसारण लाइन निर्माण भएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार, ६६ केभी, १३२ केभी, २२० केभी र ४०० केभी क्षमताका प्रसारणलाइनबाट सो बराबर प्रसारण लाइन थपिएको हो ।

प्राधिकरणको तथ्यांकअनुसार, चालू आव २०७२/०७३ सम्ममा ६६ केभीभन्दा माथि कुल २ हजार ९११ किलोमिटर प्रसारण लाइन बनेकोमा गत आव २०८१/०८२ को अवधिसम्म आइपुग्दा कुल ६ हजार ७ सय ६० सर्किट किलोमिटर प्रसारण लाइन निर्माण भएको हो ।तथ्यांकअनुसार, आव २०७३/०७४ मा ३३२ सर्किट किलोमिटर प्रसारण लाइन थपिएर ३ हजार २४३ सर्किट किलोमिटर प्रसारण लाइन निर्माण भएको थियाे । त्यस्तै, आव २०७४/०७५ मा थप १४१ सर्किट किलोमिटर थपिएर ३ हजार ३८४ सर्किट किलामिटर र आव २०७५/०७६ मा ६०६ सर्किट किलोमिटर प्रसारण लाइन निर्माण भइ कुल ३ हजार ९९० सर्किट किलोमिटर प्रसारण लाइन निर्माणको संरचना बन्यो ।

Read More
  • MBL - below news
  • EBL Ad news
  • Laxmi Sunrise Bank Ad